प्रमुख सुचना

प्रमुख सुचना

परिचय

नेपालको सुदूरपश्‍चिम देशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको दक्षिणी-पुर्व क्षेत्रको पहाडी भागमा यो सुर्मा गाउपालिका अवस्थित रहेको छ । यो गाउपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार साविकको २ओटा गा.वि.स.हरु सुर्मा र दाैलिचाैर लाई मिलाएर गठन भएको हो । पहाडी जिल्ला बझाङको भुभागमा अवस्थित यस गाउपालिकालाई पुनः स्थानिय तह निर्धारण आयोगको प्रतिवेदन बमोजिम साविकको सुरमा र दाैलिचाैर   गा.वि.स.हरु मिलायर हाल  सुर्मा गाउँपालिका  कायम रहेको छ ,जसको केन्द्र साविक  सुर्मा गाउपालिकको वडा नं ७ र हालको वडा नं १ दाैलिचाैर रहेको छ ।मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८,नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस गाउपालिकामा जम्मा ०५ वटा वडा कायम गरएको छ ।जम्मा २७०.८१ वर्ग कि.,मी,क्षेत्रफल रहेको यस गाउँपालिकाको जनघनत्व १३२.४७ प्रति कि.मी रहेको छ । २०६८ को जनगणना अनुसार १०९५१ जनसंख्या रहेको यस  नगरपालिकामा ४०.४१% जनसंख्या गरिबिको रेखामुनी रहेको पाईन्छ। समुन्द्र सतहबाट ३३०७फिट देखि ११,७७९फिट सम्मको उचाईमा रहेको छ ।

भौगलिक अवस्थितः

सिमानाः 

पुर्व ःजयपृथ्वी र तलकाेट

पश्चिमः छबिसपाथिभेरागा.पा. र बुंगल

उत्ररः काडा गा.पा., दक्षिणः जयपृथ्वी न.पा

फैलावटः  आक्षांशः २१.२८.५५ देखि २९.३६.६६ उत्तरी आक्षांश सम्म 

देशान्तरः ८१.१४.२४ देखि ८१.२४.१२ पूर्व देशान्तर सम्म

उचाईः समुन्द्र सहतबाट ३३०७ फिट देखि ११७७९ फिटको उचाई सम्म