FAQs Complain Problems

संछिप्त परिचय

बझागं जिल्ला सूदुरपश्चिमाचंल विकास क्षेत्रको सेेती अंचलमा पर्ने हिमाली जिल्ला हो । जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा वैतडी र डोटी जिल्ला पर्दछन् । जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ । जिल्लाको भुगोल २९ ड्रिग्री २९ मिनेट उत्तर देखि ३० ड्रिग्री  ९ मिनेट उत्तरी अक्षांश र ८० ड्रिग्री  ४६ मिनेट पूर्व देखि ८१ ड्रिग्री ३४ मिनेट पर्ुर्वी देशान्तरमा फैलिएको छ । समुन्द्रि सतहबाट ९०० मिटर देउरा देखि ७०७७ मिटर अग्लो हिमाल र्साईपाल सम्मको उचाईमा जिल्लाको भुगोल अवस्थित छ । राजनैतिक एवं प्रशासनिक विभाजनलाई हेर्दा जिल्लामा २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुर गाउँ विकास क्षेत्र तोकिएको छ भने चैनपुरको प्रशासनिक एवं व्यपारीक केन्द्र पूर्व र दक्षिणमा सेती र पश्चिममा बाउलीगाड बाट घेरीएको अवस्थामा प्रायद्धिपको स्वरुपमा रहेको यस जिल्लामा ४७ वटा गाउँ विकासहरु रहेका छन् ।यसैगरी यस सुर्मा गाउँपालिकामा जम्मा वडा सँख्या ५ वटा छन् ।सुर्मा गाउँपालिकाकाे जम्मा क्षेत्रफल २७०.८ ( वर्ग कि.मी.) र  जम्मा जनसंख्या  ९०२२ रहेकाे छ।यस गाउँपालिकामा सुर्मा र दौलीचौर गा.वि.स रहेका छन् ।